बैशाख २०, २०८१, बिहीबार
               

लकडाउनमा सलमान र ज्याकलिनको रोमान्स (भिडियो)

एजेन्सी
बैशाख ३०, २०७७

ADVERTISEMENT

बलिउड सुपरस्टार सलमान खानको स्वर हरेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

मंगलबार सलमानले सामाजिक सञ्जाल ट्विटर र इन्स्टाग्राममार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन्। 

उनले दुवै सामाजिक सञ्जालमा गीतको भिडियोको युट्युब लिंक समेत सेयर गरेका छन्।
 
‘तेरेबिना’ बोलमा रहेको उक्त गीत (म्युजिक भिडियो) रिलिज भएको पाँच घण्टामै २३ लाख भन्दा बढीले हेरिसकेका छन् । करिब २८ हजार कमेन्ट आइसकेका छन् ।

सलमानले केही समय पहिले सार्वजनिक गरेको टिजर पनि निकै मन पराइएको थियो। टिजर सार्वजनिक भएदेखि नै उनका शुभचिन्तकहरु गीतको भिडियोको पर्खाइमा थिए।

गीतको भिडियोमा सलमान खान र ज्याकलिन फर्नान्डिजको को अभिनय छ। यो जोडीको रोमान्टिक अवतारलाई दर्शकले मन पराएका छन्। 

गीतको म्युजिक भिडियोको निर्देशन सलमान आफैँले गरेका हुन्। गीतमा अजय भाटियाको संगीत र शबिर अहमदको रचना रहेको छ।

यो गीतको सुटिङ लकडाउनकै बीचमा सलमानकै पानवेल फर्महाउसमा गरिएको हो। गीतको सुटिङ चार दिन लगाएर तीन जनाले गरेको सलमानले बताएका छन्। 

गीतको सुटिक लकडाउनको पूर्ण पालना गर्दै सीमीत स्रोत र साधनका बीचमा गरिएको हो। ७ हप्ताअघि फार्महाउसमा आएका सलमान त्यही लकडाउनमा परेपछि गीतको सुटिङको योजना बताएको बताउँछन्।

अभिनेत्री ज्याकलिनले पनि यो गीतबाट आफूलाई ठूलो अनुभव भएको प्रतिक्रिया दिएकी छन्। 

यो पनि