बैशाख २०, २०८१, बिहीबार
               

घरै बसेर बनाइएको सर्ट फिल्म ‘लकडाउन’
सन्दीपको निर्देशनमा, महजोडीदेखि दीपा-दीपकसम्म

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

हाँस्यकलाकार, स्ट्यान्डप कमेडियन सन्दीप क्षेत्रीले लकडाउनकै समय सदुपयोग गर्दै सन्देशमूलक ‘छोटो फिल्म लकडाउन’ बनाएका छन् ।

झन्डै १० मिनेट लामो यो फिल्ममा लकडाउनको समय कसरी बिताउने भन्ने विषयमा सुझाव दिईएको छ ।

लकडाउनको समय कलाकारहरूले कसरी बिताइरहेका होलान् ? यस्तो समयमा के गर्नु उचित र के गर्नु अनुचित ? कोरोना भाइरसबाट बच्न के कस्ता उपाय अपनाउनु जरुरी छ ? लगायतका अहिले जनमानसले बुझ्नै पर्ने केही प्रश्नको जवाफ फिल्ममा दिइएको छ ।

कथामा सन्दिप कसरी हुन्छ, घर बाहिर निस्कने दाउमा छन् । कहिले साथी भेट्ने, कहिले गितार सिक्ने त कहिले टाढा रहेका बुवालाई भेट्ने निहुँ । घरबाहिर निस्कन खोज्ने उनका हरेक बहाना असफल भएका छन् । उनको चरित्रले यो लामो लकडाउनमा घरमै थन्किनु पर्दा विरक्त मानिसको भावना प्रतिनिधित्व गरेको छ ।

कथामा, निर्मल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, दीपकराज गिरी, दिपाश्री निरौलालगायत को अभिनय छ । सबैजनाले आआफ्नो घरभित्रै बसेर अभिनय गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि