बैशाख २०, २०८१, बिहीबार
               

जन्मदिन विशेष: कस्तो होला ‘स्टारकिड’ सुहानाको करिअर ?

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

नायिका सुहाना थापाले आज जन्मदिन मनाउँदैछिन् । सुहाना आजबाट २३ वर्षमा प्रवेश गरेकी छिन् । चलचित्रकर्मी तथा उनका शुभचिन्तकले सुहानालाई विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् ।

डेब्यु चलचित्र ‘ए मेरो हजुर ३’बाट नै गज्जबको क्रेज बनाउन सकेकी नायिका सुहाना ‘स्टारकिड’ हुन् । उनी सफल नायिका तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमा। थापाकी छोरी हुन् ।

सुहानाले आफ्नै आमाको निर्देशक तथा आफ्नै बुबाले निर्माण गरेको चलचित्रबाट डेब्यु गरेकी हुन् । धेरैले आफ्नो छोरी भएर चलचित्र खेलाएको आरोप झरनालाई लगाएका थिए । तर, चलचित्र रिलिज पछि सुहानाको कामलाई भने दर्शकले रुचाए ।

अहिले सुहाना दोस्रो चलचित्र ‘ए मेरो हजुर ४’मा व्यस्त छिन् । यस चलचित्र पनि होम प्रोडक्सनकै चलचित्रमा हो । 

सुहानाले यी दुबै चलचित्रमा सुपरस्टार नायक अनमोल केसीसँग स्कृन सेयर गर्न पाएकी छिन् । अनमोलसँग दोहोरिएर काम गर्ने पहिलो नायिका हुन्, सुहाना ।

‘ए मेरो हजुर ४’ यस वर्षको प्रतिक्षित चलचित्र हो । त्यसैले यस चलचित्रबाट पनि सुहानाले सफलता पाउन सक्ने धेरैको अनुमान छ । 
तर, के होम प्रोडक्सनकै चलचित्रमा मात्र सिमित हुन् त सुहाना ? भन्ने प्रश्न धेरैले उठाइरहेका छन् । सुहानाले आफूलाई सफल भएको प्रमाणित गर्न बाहिरी व्यानरको चलचित्रमा पनि काम गर्नुपर्ने धेरैको तर्क छ । 

आश गरौँ, आगमी दिनमा सुहानाको करिअर सफल हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि