बैशाख २०, २०८१, बिहीबार
               

'राधे'लाई डिजिटल प्ल्याटफर्ममा रिलिज गर्न तयार सलमान !

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

कोरोनाका कारण बलिउड सुनसान बनेको छ । छायांकनदेखि चलचित्रको रिलिजसम्म रोकिएको छ । हलहरु बन्द भएका छन् । तयार भएका चलचित्र रिलिज गर्न नपाउँदा निर्माताहरु तनावमा छन् । त्योसँगै छायांकन रोकिएका कारण बजेट बढिरहेकोमा निर्माताहरु अर्को दुःखमा छन् । 

लकडाउनपछि चलचित्र हलहरु त खुल्छन् । तर, दर्शकलाई हलमा ल्याउन निकै मुश्किल छ । यस्तो त्रासको अवस्थामा दर्शक हलसम्म पुग्नेछैनन् ।

त्यसैले केही बलिउड मेकरले चलचित्रलाई अनलाइन प्ल्याटफर्ममा रिलिज गर्न लागेका छन् । मंहगो बजेटमा बनेको अक्षय कुमार स्टारर चलचित्र ‘लक्ष्मी बम्ब’ पनि अनलाइनमा रिलिज हुने भएपछि अन्य निर्माताहरुको पनि ध्यान यता तानिएको छ । 

यस वर्षको इदमा रिलिज हुने भनिएको चलचित्र ‘राधे’ पनि अनलाइनमा रिलिज हुने हल्ला सुरु भएको छ । निर्माता तथा अभिनेता सलमान खान पनि चलचित्रलाई अनलाइनमा रिलिज गर्न राजी भएका छन् । 

अहिले चलचित्रको पूर्ण छायांकन सकिएको छैन । अन्तिम केही दृष्यहरुको छायांकन पछि चलचित्र पूर्ण हुनेछ । चलचित्र पूर्ण भएपछि आफूले चाहेजस्तो रमक पाए चलचित्र अनलाइनमा रिलिज गर्न तयार भएको सलमानले बताएका छन् ।

यस वर्षको प्रतिक्षित चलचित्र 'राधे'मा दीशा पटनीले पनि मुख्य भूमिका निर्वाह गरेकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि