बैशाख २०, २०८१, बिहीबार
               

नम्रताको सहयोग

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

नायिका नम्रता श्रेष्ठले ‘रक्षा नेपाल’मा सहोग गरेकी छिन् । ‘हाम्रो सानो प्रयास’ अभियानमार्फत् नम्रताले त्यहाँ रहेका किशोरीहरुलाई सहयोग गरेकी हुन् । 

नम्रताले १५ दिनका लागि पुग्ने खाद्यन्न र हरियो तरकारी लिएर रक्षा नेपाल पुगेकी थिइन् । पीपीइ लगाएर त्यहाँ पुगेकी नम्रतालाई देखेपछि त्यहाँ रहेका किशोरीहरु निकै खुशी थिए । 

यौन हिंसामा परेका किशोरी र बालबालिकाहरुलाई सुरक्षा दिने यस संस्थामा ७० जना किशोरी र बालबालिका रहेका छन् ।

नम्रताले सहयोग गरेको ‘हाम्रो सानो प्रयास’ अभियानमा क्याप्टेन विजय लामा, चलचित्र निर्देशक मिन भाम, अभिनेत्री नम्रता श्रेष्ठ, पुकार बम, दिपकराज सापकोटा, प्रज्वल दाहाल, घनश्याम खड्का, उपेन्द्रजंग शाही, भिक्टर पौडेल, राजेशप्रसाद खत्री, दिपक हितान र सविन कर्माचार्य लगायत संलग्न छन् ।

यो पनि