बैशाख २०, २०८१, बिहीबार
               

…अनि मुम्बई पुगिन् निरुता

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

कुनै समय नेपाली चलचित्र क्षेत्रमा नायिका निरुता सिंह निकै चर्चामा थिइन् । हिरोको भन्दा बढी पारिश्रमिक लिने निरुतालाई आफ्नो चलचित्रमा काम गराउन निर्माता-निर्देशक लामो समय कुर्ने गर्थे । 

चलचित्र क्षेत्र निरुतालाई फापेकै थियो । तर, उनी यत्तिकैमा मुम्बई भासिइन् । नेपाली चलचित्र क्षेत्रलाई चटक्कै माया मारिन् । 

खराब मान्छेहरुले चलचित्र बनाउन थालेपछि आफू यस क्षेत्रबाट टाढा भएको गुनासो निरुतामा अझै छ । उनी भन्छिन्, 'चलचित्र क्षेत्र जस्तो पवित्र ठाउँलाई अपहेलना गरेर धेरै मान्छेहरु यस क्षेत्रमा आए । उनीहरुको सोच नै नराम्रो थियो । त्यसैले मैले काम गर्न सकिन ।’ 

त्यो समयमा धेरै निर्माताहरु हिरोइन च्याप्न पाइन्छ भन्ने आशामा चलचित्रमा लगानी गर्न आएको निरुताको गुनासो छ । 'धेरै जना निर्माता हिरोइन च्याप्ने आशामा आए’, उनि थप्छिन्, 'अनि निर्देशकहरु पनि केहि नबुझी, एक चलचित्रमा क्लाप हानेको भरमा निर्देशक बन्न थाले । त्यसैले मलाई काम गर्न हिनताबोध भएर छोडे ।’

निर्देशकले राम्रो समयमा 'एक्सन-कट' भन्न सक्नु पर्छ । तर त्यस समयमा निर्देशक बनेकाहरुले समयमा एक्सन-कट समेत भन्न नजान्ने भएको निरुताको गुनासो छ ।

मुम्बई बस्दा नेपाली चलचित्र क्षेत्रलाई निकै याद गरेकी निरुताले चलचित्र 'दाल भात तरकारी'बाट कमब्याक गरिन् । उक्त चलचित्रको छायांकन सकिन नपाउँदै उनलाई अन्य चलचित्रको अफर थियो ।

तर, मंहगो पारिश्रमिकका कारण निर्माता उनलाई लिनबाट पछि हटे । निरुता अहिले पुनः मुम्बईमै छिन् ।


कस्तो लाग्यो ?

यो पनि