बैशाख २०, २०८१, बिहीबार
               

आयुष्मानलाई प्रश्न: कहिल्यै कास्टिङ काउचमा पर्नुभयो ?

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

‘बिक्की डोनर’बाट डेब्यु गरेका अभिनेता आयुष्मान खुराना पछिल्लो समयका सर्वाधिक सफल अभिनेतामा पर्छन् । उनी अभिनित चलचित्रले लगातार बक्स अफिसमा धमका पिटिरहेका छन् । 

त्यसैले होला, अहिले आयुष्मानको हातमा चलचित्रको कमी छैन । उनलाई चलचित्रमा लिएका काम गराउन चाहाने निर्माता-निर्देशक धेरै छन् । बलिउडका राम्रा र प्रतिष्ठित व्यानरमा पनि आयुष्मानको पर्खाईमा छन् ।

तर, आयुष्मानको सुरुवाति दिन भने सहज थिएन । हालै एक अन्तर्वार्तामा आयुष्मानलाई कास्टिङ काउचको विषयमा बोलेका छन् ।

एक बलिउड मिडियाले लिएको अन्तर्वातामा उनलाई ‘कहिल्यै कास्टिङ काउचमा पर्नुभएको छ ?’ भन्ने प्रश्न गरिएको थियो । त्यहाँ उनले आफू कास्टिङ काउचको शिकार भएको बोलेका छन् ।

उनले भनेका छन्, ‘कास्टिङ निर्देशकहरुले मलाई सिधै प्रस्ताव गर्थे । तर, मैले प्रतावलाई नकार्थे । उनीहरुको प्रस्ताव नमान्दा मैले केहि फिल्म पनि छाड्नु परेको छ ।’

यो पनि