बैशाख २०, २०८१, बिहीबार
               

मलाई भव्य विवाह गर्ने मन छ: वर्षा

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

नायिका वर्षा सिवाकोटीलाई पछिल्लो समय फुर्सद निकाल्न गाह्रो थियो । तर, लकडाउनका कारण उनी अहिले घरमा फुर्सदिलो भएर बसेकी छिन् । त्यसैले पनि होला उनी सामाजिक संजालमार्फत् आफ्ना शुभचिन्तकहरुसँग जोडिरहेकी छिन् ।

वर्षाले सामाजिक संजालमा आफ्ना शुभचिन्तकहरु अन्तरक्रिया गरेकी छिन् । उनले आफ्ना शुभचिन्तकले सोधेको प्रश्नको उत्तर दिएकी छिन् । जहाँ उनले प्रेम र विवाहसम्मकफ कुरा गरेकी छिन् । 

वर्षालाई फ्यानले ‘तपाई सामान्य खालको विवाह चाहनुहुन्छ कि भव्य विवाह ?’ भन्ने प्रश्न गरेका छन् । जहाँ वर्षाले आफूलाई भव्य विवाहको रहर भएको उत्तर दिएकी छिन् । उनले कानुनी रुपमा मात्र विवाह नगर्ने उल्लेख गरेकी छिन् । 

त्यस्तै, ‘विच डेट वा मुभी डेट मध्ये कुन रोज्नुहुन्छ ?’ भन्ने अर्को प्रश्नमा उनले लेखेकी छिन्, ‘म विच डेट रोज्छु । मलाई समुन्द्री किनारमा जान रमाइलो लाग्छ ।’

वर्षाले यो समय कसलाई याद गरिरहेको भन्ने कुर  खुलाउन चाहिनन् । फ्यानले कसलाई याद गर्नुभएको छ प्रश्नमा उक्त कुरा गोप्य राख्न चाहेको बताएकी छिन् ।

यो पनि