बैशाख २०, २०८१, बिहीबार
               

लकडाउनमा के सिकाउँदैछिन् सन्नी लियोनी ? (भिडियो)

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

मुम्बई । कोरोना भाइरसको महामारीका बीच भारतमा लकडाउन जारी छ । बलिउड सेलिब्रेटीहरु लकडाउनमा घरमै बस्न बाध्य छन् ।

सम्पन्न (धनी) मानिसका घरमा बाहिरबाट कामदार आउन सकेका छैनन् । जसका कारण कतिपय सेलिब्रेटी आफैंले घरको काम गर्नुपरेको छ । 

यस्तै, लकडाउनका कारण आफ्नो घरमा काम गर्ने महिला नआएपछि बलिउड अभिनेत्री सन्नी लियोनीको दैनिकी घरायसी काम गर्दै बित्ने गरेको छ ।

सन्नीले यो अवधिमा आफूले घरको काम गर्न सिकेको बताएकी छिन् । यसअघि कोरोना संक्रमणबाट कसरी जोगिने भन्ने विषयमा सन्देश दिँदै आएकी सन्नीले हालै घरमा  जुत्ताको माध्यमबाट कोरोना आएको छ भने त्यसलाई कसरी सफा गर्ने भन्ने उपाय सिकाएकी छन् ।

अहिलेको अवस्थामा घरको बरन्डा कसरी सफा गर्ने भन्ने तरिकाको भिडियो उनले शेयर गरेकी छिन् । 

उनले घर सफा गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । कतिपयले उनको यो कामको खुलेर प्रशंसा गरेका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Hmmmm....if I’m forced to mop, well then... #lockedupwithsunny

A post shared by Sunny Leone (@sunnyleone) on

उनको मिहिनेत राम्रो भएको भन्दै अभिनेत्री सनीलाई यस्तो काममा निरन्तरता दिन बताएका सुझाव दिएका छन् । कसैले भने 'काम नपाएर नाटक गरेर बसेको' टिप्पणी समेत गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि