बैशाख २०, २०८१, बिहीबार
               

राहुलको चलचित्रमा तापसी पक्का

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

बलिउड निर्देशक राहुल ढोलकिया एक ‘क्राइम थ्रिलर’ चलचित्र बनाउने तयारीमा छन् । चलचित्रको लागि राहुलले नायिका कृति सेनानलाई पक्का गरेका थिए । 

तर, कृतिले उक्त चलचित्रमा काम नगर्ने भएकी छिन् । आफ्नो अर्को चलचित्रको छायांकन मिति र यस चलचित्रको छायांकन मिति एकै भएको भन्दै कृतिले चलचित्रबाट हात झिकेकी हुन् ।

कृतिले चलचित्र छोडेपछि निर्देशक राहुलले अभिनेत्री सारा अलि खानलाई पनि अफर गरे । तर, सारा पनि चलचित्रको लागि तयार भइनन् ।
साराले चलचित्र अस्विकार गरेपछि निर्देशक रहुल केही तनावमा थिए । अहिले राहुलले आफूले चाहे जस्तै नायिका पाएका छन् । उनी हुन्, तापसी पन्नु । 

चलचित्रको स्कृप्ट निकै राम्रो लागेकाले तापसी यस चलचित्रमा काम गर्न तयार भएकी हुन् ।

कोरोनाको त्रास सकिएपछि चलचित्रको विषयमा थप जानकारी दिने निर्माण पक्षको तयारी छ ।


कस्तो लाग्यो ?

यो पनि