बैशाख २८, २०८१, शुक्रबार
               

अमेरिकन टिमसँग नयाँ चलचित्रमा काम गर्दै स्वस्तिमा

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

नायिका स्वस्तिमा खड्काले अमेरिकन चलचित्रमा काम गर्ने भएकी छिन् । अमेरिकन चलचित्र टिमले बनाउन लागेको अङ्ग्रेजी भाषाको चलचित्रको लागि स्वस्तिमा पक्का भएकी हुन् । नायिका स्वस्तिमा र चलचित्र युनिट बीच लिखित सम्झौता पनि भइसकेको छ । 

चलचित्रमा स्वस्तिमाले मुख्य अभिनेत्रीको भूमिका निर्वाह गर्नेछिन् । स्वस्तिमाको जोडीका रुपमा अमेरिकन कलाकार नै तय भएका छन् । 

निर्माण पक्षले नेपाल नै आएर अन्य केही अभिनेत्रीहरुसँग पनि अडिसन लिएको थियो । जसबाट स्वस्तिमा पक्का भएकी हुन् । अडिसन झण्डै २ महिना अगाडि भएको थियो । 

स्वस्तिमासँगै उक्त चलचित्रको लागि नेपालबाट अर्की एक नायिकाले पनि अभिनय गर्ने बुझिएको छ । तर, उक्त नायिकाको तय भइसकेको छैन ।

चलचित्रकोल सम्पूर्ण छायांकन अमेरिकामा नै हुने बुझिएको छ ।

यो पनि