जेठ ०८, २०८१, मंगलबार
               

‘माया जदौ’ले १ करोड भ्युज पाउँदा चलचित्रलाई फाइदा होला ?

नेपाल फ्ल्यास
बैशाख २२, २०७७

ADVERTISEMENT

चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत ‘माया जदौ’लाई युट्युबमा एक करोड भ्युज मिलेको छ । युट्युबमा सार्वजनि गरेको झण्डै साढे दुई महिनामा गीतले करोड भ्युज पार गरेको हो ।

लोकशैलीको यो गीतमा दीपक शर्माको संगीतमा तयार यो गीतमा आनन्द अधिकारीको शब्द, रामकृष्ण ढकाल र मेलिना राइको स्वर छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मासँगै दीपाश्री निरौला, केदार घिमिरे, जीतु नेपाल, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, मिथिला शर्मा लगायतलाई पनि फिचर गरिएको छ । 

गीत यत्तिका हिट भएपनि चलचित्रलाई यसको फाइदा भने हुने देखिन्न । गीतलाई दर्शकले निकै मन पराएको समयमा चलचित्र रिलिज हुँदा त्यसले फाइदा गर्छ । तर, चलचित्र रिलिज हुनका लागि अझै केही महिना कुर्नुपर्ने निश्चित छ ।

साकार पन्तको निर्देशनमा तयार भएको चलचित्र ‘हिजो आजका कुरा’ वैशाखको १२ गतेबाट रिलिज हुनुपर्ने हो । तर, कोरोना भाइरसका कारण जारी लकडाउनका कारण चलचित्र रिलिज हुन पाएन । यस चलचित्र अब कहिले रिलिज हुने हो भन्ने पत्तो छैन ।

 


कस्तो लाग्यो ?

यो पनि