जेठ ०९, २०८१, बुधबार
               

आफ्ना शुभचिन्तकलाई कविता सुनाउँदै जीवन

नेपाल फ्ल्यास
बैशाख २२, २०७७

ADVERTISEMENT

कुनै समय नेपाली चलचित्र क्षेत्रमा नम्बर १ नायकको रुपमा परिचित नायक जीवन लुइँटेल अहिले अमेरिकामा छन् । पछिल्ला चलचित्रहरु निरन्तर असफल भएपछि उनी अमेरिका पलायन भएका हुन् । विगत ३ वर्षदेखि उनी अमेरिकामा नै छन् ।

अमेरिका पुगेपछि जीवनले नेपाल बिर्सिए, आफ्नै दुनियामा रमाए । न उनलाई सामाजिक संजालमा भेटियो न कुनै अन्तरवर्ता नै दिए । उनी गुपचुप थिए । 

केही दिन अगाडि उनी फेसबुक लाइभमा आए । त्यहाँ उनले आफू स्वस्थ्य भएको र आफू बस्ने क्षेत्रमा कोरोनाको अवस्थाको बारेमा बोले । चलचित्र क्षेत्रको बारे उनले बोल्दै बोलेनन् । 

जीवनको लाइभलाई धेरै दर्शक स्रोताले रुचाए । राम्रो प्रतिकृया दिए । सोहीबाट हौसिएर अहिले जीवन कविता वचन गर्न सुरु गरेका छन् । 

उनले आफ्नै युट्युब च्यानलमा कविता वाचन गरेर भिडियो पोष्ट गरेका छन् । उनले त्यहाँ निर्देशक प्रकाश सायमी र राजबल्लब कोइरालाद्वारा लिखित कविता पनि पढेका छन् ।

जीवन आफूलाई साहित्यमा विशेष रुचि भएकाले कविता पढ्न सुरु गरेको बताउँछन् । उनका अनुसार यस कार्यले निरन्तरता पाउनेछ ।

 


कस्तो लाग्यो ?

यो पनि