बैशाख २०, २०८१, बिहीबार
               

अमेरिकन आइडलको टप १० मा पुगे दिवेश

नेपाल फ्ल्यास
बैशाख २२, २०७७

ADVERTISEMENT

नेपाली युवा दिवेश पोखरेल चर्चित गायन रियालिटी शो ‘अमेरिकन आइडल’को टप १० मा प्रवेश गरेका छन् ।

जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित बनाएका हुन् ।

‘अर्थर गन’ नामले परिचित दिवेशले अमेरिकन आइडलको अडिसनदेखि नै निर्णायकहरुको तारिफ र फ्यानहरुको प्रशंसा बटुल्दै आएका छन् । दिवेशले निर्णयकहरुबाट स्ट्यान्डिङ अवेशन पाइरहेका छन् । 

टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो माया र हौसला दिनेप्रति कृतज्ञता व्यक्त गरेका छन् । आगमी दिनहरुमा पनि उनले साथ र सहयोगको अपेक्षा राखेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि