जेठ ०२, २०८१, बुधबार
               

‘नाई नभन्नु ल ६’का लागि विकासले रोजे दुई वर्षा

नेपाल फ्ल्यास
बैशाख २१, २०७७

ADVERTISEMENT

चलचित्र क्षेत्रमा दुई नायिका वर्षा राउत र वर्षा सिवाकोटीबीच सम्बन्ध राम्रो नभएको समचार धेरै बने । एकले अर्काको खुट्टा तान्ने गरेको आरोप पनि नलागेको होइन । तर, केही सार्वजनिक कार्यक्रमहरुमा उनीहरुले यस्तो मित्रता देखाइदिए, सबैको अड्काल फेल खायो ।

अहिले दुई वर्षा एकदमै मिल्ने साथीको रुपमा छन् । एक-अर्काको खुलेर तारिफ गर्छन् । एक-अर्काको काममा साथ र सहयोग दिन्छन् । 
यी दुई वर्षाले अहिलेसम्म सँगै काम गर्ने मौका भने पाएका छैनन् । अब भने यी दुईलाई एकसाथ देखिने सम्भावना बढेको छ । 

निर्देशक विकासराज आचार्यको निर्देशनमा बन्न लागेको चलचित्र ‘नाई नभन्नु ल ६’मा यी दुई नायिकालाई अफर गरिएको छ । नायिका राउतसँग केही समय अगाडि नै कुराकानी भएको थियो भने सिवाकोटीसँग पनि हालै निर्देशक आचार्यले कुरा पुर्याएका छन् । 

समय मिले दुबै नायिका चलचित्रमा काम गर्ने पक्षमा छन् । हेरौँ, यस चलचित्रमा दुई वर्षाको सहकार्य सम्भव हुन्छ कि !

यो पनि