जेठ ०८, २०८१, मंगलबार
               

प्रेमीसँग अभिनेत्री मरिस्काको लगनगाँठो

नेपाल फ्ल्यास
बैशाख २१, २०७७

ADVERTISEMENT

नायिका मरिस्का पोखरेलले विवाह गरेकी छिन् । अष्ट्रेलियामा बस्दै आएका प्रेमीसँग उनले गत साता विवाह गरेकी हुन् । मरिस्का र उनका प्रेमी हाल अष्ट्रेलियामा नै छन् । 

मरिस्काका प्रेमी विगत ८ वर्षदेखि अष्ट्रेलियामा काम गर्दै आएका छन् । मरिस्का पनि केही समयदेखि अष्ट्रेलियामा नै थिइन् । उनीहरुको प्रेम सुरु भएको २ वर्ष बितिसकेको थियो । 

नायिका मरिस्काको चलचित्र यात्रा भने सुखद रहेन । डेब्यु चलचित्र ‘के म तिम्रो होइन र’बाट राम्रै चर्चा कमाएकी मरिस्काले उक्त चलचित्रपश्चात् सफलता देख्न पाइनन् । चलचित्र छनोटमा चुक्दा उनी बारम्बार असफल हुन पुगिन् । 

पछिल्लो समय भने मरिस्का खाली हात जस्तै भएकी थिइन् । त्यसैले पनि उनले देश छोड्ने निधो गरेकी थिइन् । 

मरिस्काको चर्चा चलचित्र भन्दा पनि लोक गीत ‘सालको पात’बाट निकै चलेको थियो । त्यही गीतबाट उनले आफ्नो परिचय बनाएकी थिइन् ।

यो पनि