जेठ ०९, २०८१, बुधबार
               

लकडाउनका कारण रोकियो आँचलको हनिमुन

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

नायिका आँचल शर्माले गत फागुन २९ गते विवाह गरिन् । उनले प्रेमी उदीप श्रेष्ठसँग विवाह गरेकी हुन् । आँचल र उदीपको विवाहले निकै चर्चामा थियो । आँचलले लगाएको मंहगो पहिरन र आफ्नो विवाहको पार्टीमा हेलिकप्टर नै चार्टर गरेपछि उनीहरु खुबै चर्चा भएको थियो । 

आँचल र उदीपले विवाह गरेको दुई साता नपुग्दै कोरोनाको त्रासका कारण नेपालमा लकडाउन सुरु भयो । आँचल र उदीप घरमा नै थुनिन बाध्य भए । 

लकडाउनका कारण उनीहरुले हनिमुन योजना रद्द भएको आँचलले गुनासो गरिन् । उनले भनिन्, ‘अहिले त कोही घरबाट बाहिर निस्किन पाएका छैनन् । त्यसैले पनि हाम्रो हनिमुन रद्द भयो ।’ केही समयलाई हनिमुन योजना रद्द भएपनि पछि फेरि जाने योजना भएको आँचलले सुनाइन् ।

हनिमुन कहाँ जाने भन्ने विषयमा आँचललाई पत्तो थिएन । आँचललाई सरप्राइज दिन उदीपले नै सबै कुराको बन्दोबस्त मिलाएका थिए । तर, न आँचलले सरप्राइज पाइन्, न उदीपले नै सरप्राइज दिन पाए ।

अहिले आँचल र उदीप घरमा नै ‘हनिमुन टाइम’ सेलिब्रेट गरिरहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि