जेठ ०४, २०८१, शुक्रबार
               

माधव न्यौपानेको लकडाउनको डोरी सार्वजनिक (भिडियोसहित)

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

लोक तथा आधुनिक गीत सर्जक माधव न्यौपानेले ‘लकडाउनको डोरी’ नामक गीत सार्वजनिक गरेका छन् । गीत खुमन अधिकारी र प्रीति आलेको स्वरमा छ । गीतमा घरबाट बाहिर ननिस्कन र लकडाउनको पालना गर्न अपिल गरिएको छ । विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको बेलामा विभिन्न देशमा लकडाउन भइरहेको छ। लकडाउनलाई लक्षित गर्दै आफूले सन्देशमूलक गीत बजारमा ल्याएको सर्जक न्यौपानेले बताए ।‘म समयअनुसारका गीतहरू बनाउन रुचाउँछु, पछिल्लो समय कोरोना भाइरसविरुद्ध लड्न  विश्व नै लकडाउन गरिएको छ, यसै विषयलाई समेटेर गीत बनाएको हुँ’ उनले भने ‘श्रोता दर्शकले मनोरञ्जनसँगै चेतना र सन्देश पनि लिउँन भन्ने मेरो चाहना छ ।’

सर्जक न्यौपानेको आफ्नै शब्द रहेको सो गीतको सङ्गीत गायक खुमन अधिकारीले भरेका हुन् । गीतमा  राजेश हमाल, कोमल वलीलगायत चर्चित कलाकारको अभिनय रहेको छ। गीत एमएम इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सो गीतमा जसले राम्रो अभिनयको गरी टिकट बनाउँछ, उसलाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । यसअघि सर्जक न्यौपानेका दर्जनभन्दा बढी गीत बजारमा आइसकेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि