बैशाख २३, २०८१, आइतबार
               

विकास बोर्ड अध्यक्षको दौडमा यी ५ चलचित्रकर्मी

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

केशव भट्टराईको निधनपछि चलचित्र विकास बोर्ड अध्यक्ष बिहिन भएको छ । नेपाल सरकारले अध्यक्ष पदको लागि आवेदन खुल्ला गरिसकेको छ । आवेदन खुल्ला भएसँगै विभिन्न चलचित्रकर्मीहरु अध्यक्ष बन्ने दौडमा जुटिसकेका छन् । 

अध्यक्ष बन्ने दौडमा अभिनेता भुवन केसीको नाम अगाडि देखि नै चर्चमा छ । केशवको मृत्युपछि नै भुवनको नाम अगाडि आएको थियो ।

भुवनसँगै हाल चलचित्र विकास बोर्ड सदस्य दयाराम दाहालको नाम पनि अध्यक्षको दौडमा रहेको समचार आएको थियो । दयाराम पनि अध्यक्षको दावेदार हुन् । 

अहिले आन्तरिक रुपमा अभिनेता निखिल उप्रेतीको नाम चर्चामा छ । निखिल भित्री रुपमा लबिङ गरिरहेका छन् । विभिन्न नेता भेटिरहेका छन् ।

त्यस्तै, अभिनेता शिव श्रेष्ठ पनि विकास बोर्ड अध्यक्ष बन्ने लयमा छन् । चलचित्र क्षेत्रमा लामो समय बिताएको भन्दै उनी अध्यक्ष बन्ने दौडमा उत्रिएका हुन् । 

यी पुरानो पुस्तासँगै नयाँ पुस्ताका कलाकार सोहित मानन्धर पनि विकास बोर्ड अध्यक्ष बन्ने दौडमा खटिएका छन् ।

क्षमता भएका भन्दा पनि राजनैतीक पहुच भएका व्यक्तिलाई विकास बोर्डमा भर्ती गर्ने प्रचालन चल्दै आएकाले यो पाली कसले आफ्नो क्षमता देखाउने हुन् त्यो हेर्न बाकीँ छ । 

यो पनि