जेठ ०९, २०८१, बुधबार
               

युट्युबमा रुचाइयो सौगात र बेनिशाको ‘झ्यानाकुटी’

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

साढे २ वर्ष अगाडि रिलिज भएको चलचित्र ‘झ्यानाकुटी’ले हलमा दर्शकको साथ पाएन । चलचित्रले हलबाट लगानी सुरक्षित गर्न सकेन । 

अहिले चलचित्र युट्युबमा सार्वजनिक गरिएको छ । जहाँ दर्शकले चलचित्रलाई निकै रुचाएका छन् । धेरैले चलचित्रलाई उत्कृष्ट प्रतिकृया दिएका छन् । 

रिलिज भएको १ दिनमा नै चलचित्रले ८ लाख भ्युज पाइसकेको छ । चलचित्रलाई २४ हजार दर्शकले लाइक गरेका छन् । चलचित्रलाई नरुचाउने दर्शक १ हजार मात्रै छन् । 

अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल अभिनित ‘झ्यानाकुटी’लाई अभिनेत्री निशा अधिकारीले निर्माण गरेकी हुन् । सिमोस सुनुवारको निर्देशनमा तयार भएको यस चलचित्रमा सुमि मोक्तान, जीवन भट्टराई, पुस्कर गुरुङ लगायतको अभिनय रहेको छ । 

प्रदीप भारद्वाजले लेखेको चलचित्रलाई हरी हुमागाईंले खिचेका हुन् ।

 

यो पनि