जेठ ०४, २०८१, शुक्रबार
               

नसिरुद्दिन शाह पनि अस्पताल भर्ना भएका हुन् ?

एजेन्सी
बैशाख १९, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतमा दुई दिनमा दुई दिग्गज कलाकार तथा अभिनेताको निधन भयो । बुधबार अभिनेता इरफान खान र बिहीबार ऋषि कपूरको निधन भएको हो ।

यसैबीच, बलिउडका चर्चित अभिनेता नसिरुद्दिन शाह तथा संगीतकार बप्पी लहरीको स्वास्थ्यमा समस्या आएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको खबर बिहीबार साँझ सामाजिक सञ्जालमा एकाएक फैलियो । 

तर घटनाको बास्तविकता बुझ्ने क्रममा उक्त खबर हल्ला मात्र भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । 

नसीरका छोरा विवानले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै बुबा पूर्ण रुपमा स्वस्थ रहेको जानकारी दिएका छन् ।

ट्विटमा उनले लेखेका छन्, 'सबैकुरा ठिक छ । बाबा बिल्कुल ठिक हुनुहुन्छ । उहाँको स्वास्थ्यलाई लिएर फैलिएको खबर झुटो हो ।'

उनले लेखेका छन्, 'इरफान भाई तथा चिन्टू जीको लागि प्रार्थना गरिरहनुभएको छ र उहाँहरुलाई निकै याद गरिरहनुभएको छ । उहाँहरुको परिवारप्रति गहिरो समवेदना उहाँहरुको लागि हाम्रो दिल रोइरहेको छ । यो हामी सबैको लागि ठूलो नोक्सान (घाटा) हो ।'

यसैबीच, नसीरका म्यानेजरले समेत नसीर पूर्ण रुपमा ठिक भएको जानकारी दिएका छन् । उनका अनुसार, 'नसीर आफ्नो परिवारको साथमा करजतस्थित फार्महाउसमा छन् ।'

नसीरका अलावा संगीतकार बप्पीको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको अफवाह फैलिएको थियो । खबरमा भनिएको थियो कि, 'सास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।' तर स्रोतका अनुसार उनी पूर्ण रुपमा स्वस्थ छन् ।

यसअघि बिहीबार बप्पीले एक ट्विट गरेका थिए । ऋषि कपूरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनले ट्विट गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि