जेठ ०९, २०८१, बुधबार
               

नबन्ने भयो ‘छक्का पञ्जा ४’

नेपाल फ्ल्यास
बैशाख १९, २०७७

ADVERTISEMENT

चलचित्र ‘छक्का पञ्जा ४’ निर्माण नहुने भएको छ । निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र नबन्ने जानकारी दिएका हुन् । 

कोरोना भाइरसको कारण विश्वको बजार नै कमजोर बनेकाले अहिले तत्काललाई ‘छक्का पञ्जा ४’ निर्माणको काम स्थगित गरिएको दीपकराजको भनाई छ । उनका अनुसार अर्को वर्ष यस चलचित्र निर्माण हुनेछ । यस चलचित्रको बजेट उच्च भएकाले आफू डराएको दीपकले बताए । 

दीपकराज र उनको टिम अहिले अर्को चलचित्रको तयारीमा छन् । बाहिरी व्यानरको चलचित्रमा केही प्रतिशत लिएर काम गर्ने सर्तमा उनीहरु अर्को टिमसँगको सहकार्यमा तम्सिएका छन् । 

दीपकराज गिरी चलचित्र विभिन्न कथाहरु सुनिरहेका छन् । चित्त बुझ्दो कथा भेटे काम सुरु गर्ने दीपकराजको भनाई छ । यस बर्षको अन्त्यमा रिलिज गर्ने गरी दीपक र टिमले चलचित्र तयार गर्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि