जेठ ०४, २०८१, शुक्रबार
               

बलिउड अभिनेता ऋषि कपूरको निधन

नेपाल फ्ल्यास
बैशाख १८, २०७७

ADVERTISEMENT

एजेन्सी । बलिवुडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ ।

क्यानन्सरबाट ग्रसित कपूर मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । बिहान पाँच बजेर २० मिनेटमा उनको निधन भएको अस्पतालले जानकारी दिएको छ ।

अभिनेता अमिताभ बच्चनले कपूरको निधन भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए ।

अमिताभले लेखेका छन्, 'उनी गए..! ऋषि कपूर गए.. उनको निधन भयो.. म टुटेको छु ।'

अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि अभिनेता ऋषि कपूर गत सेप्टेम्बरमा भारत फर्किएका थिए ।

यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गरिएको थियो ।

बलिउड फिल्म इण्डस्ट्रीमा ऋषि कपूरको निकै ठूलो योगदान छ । उनले थुप्रै सुपरहिट फिल्ममा काम गरेका छन् ।

हिजोमात्र बलिउडका चर्चित अभिनेता इरफान खानको निधन भएको थियो । 

लगातार दुई जना दिग्गज कलाकारको निधनपछि बलिउड फिल्म इण्डष्ट्री निकै शोकमा छ ।


कस्तो लाग्यो ?

यो पनि