जेठ ०९, २०८१, बुधबार
               

आशिरमानको नयाँ फिल्म कहिले ?

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

ADVERTISEMENT

चलचित्र ‘ग्याङ्गस्टार ब्लुज’बाट डेब्यु गरेका नायक हुन्, आशिरमान देशराज जोशी । आशिरमान अभिनित पहिलो चलचित्रले बक्स अफिसमा खासै कमाल गर्न सकेन । उक्त चलचित्र असफलतासँगै आशिरमानलाई पहिलो गासमा नै ढुंगा पर्‍यो । 

यस चलचित्रपश्चात आशिरमानलाई चलचित्रको अफर भने धेरै आए । तर, आशिरमानले सबै नकारे ।

पछि ‘ग्याङ्गस्टार ब्लुज’ निर्देशक हेमराज विसीकै निर्देशनमा ‘द ब्रेकअप’मा काम गरे । उक्त चलचित्रले पनि आशिरमानलाई सफलता दिएन ।

डेब्यु चलचित्रपश्चात आशिरमानलाई सम्भावना बोकेको कलाकारको रुपमा हेरिएको थियो । आशिरमानको फ्यान फलोइङ पनि राम्रै थियो । तर, बिडम्बना उनको फ्यान फलोअर्स हलसम्म पुगिदिएनन् । उनको दुबै चलचित्र अफसल भए । 

लगतार दुबै चलचित्रबाट सफलता नपाएपछि अहिले आशिरमानले विश्राम लिएका छन् । उनले अहिले कुनै पनि चलचित्रमा काम गर्ने तयारी गरिरहेका छैनन् । 

आशिरमान तत्काल चलचित्रमा काम गर्ने मनस्थितीमा छैनन् । उनी केही समय ब्रेक लिएर राम्रो काम गर्ने बताउँदै आएका छन् ।

यो पनि