जेठ ०९, २०८१, बुधबार
               

इरफान खानको मलामी २० जना !

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता इरफान खानको बुधबार निधन भयो । स्वस्थ्यमा समस्या आएपछि मंगलबार अस्पतालमा भर्ना भएका इरफानले बुधबार संसारबाट बिदा लिए । 

अभिनेता खानको अन्तिम संस्कार पनि बुधबार नै गरिएको छ । बुधबार साँझ मुम्बई पुलिसको निगरानीमा इरफानको अन्तिम संस्कार गरिएको हो । उनको लासलाई अंधेरीको यारी रोड, वर्सोवा क्रिबिस्तानमा राखिएको छ ।

इरफानको अन्तिम संस्कारमा जम्मा २० जना मात्र व्यक्तिहरु उपस्थित थिए । लकडाउनको नियमलाई पालना गर्दै २० जना भन्दा बढि भेला नगरिएको हो । 

उनको अन्तिम संस्कारको यात्राको बलिउडका कोही पनि सेलिब्रेटीहरुको उपस्थिती हुन सकेनन् ।

५४ वर्षिय इरफानलाई केही समयदेखि न्यूरोइन्डोक्राइन भएको थियो । त्यहीँ रोगका कारण उनको मृत्यु भएको हो ।


कस्तो लाग्यो ?

यो पनि