जेठ ०४, २०८१, शुक्रबार
               

बलिवुड अभिनेता इरफान खान आइसियूमा भर्ना

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

ADVERTISEMENT

बलिवुड अभिनेता इरफान खानको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको (आइसियू) मा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था किन बिग्रियो र उनको समस्या के हो र आइसियूमा किन भर्ना गरियो, अहिले यसबारेमा कुनै जानकारी सार्वजनिक भइसकेको छैन । 

अस्पताल स्रोतले इरफान खानको स्वास्थ्य अवस्था बिग्रिएको र आइसियूमा भर्ना गरेको बाहेक अरु जानकारी दिन मानेका छैनन् । इरफान खानका परिवारले पनि अधिकारिक रूपमा अरू केही बताएका छैनन् । 

स्वास्थ्य धेरै बिग्रिएको कारण इरफानलाई आइसियूमा भर्ना गरिएको एक नजिकको स्रोतले नाम नबताउने शर्तमा भने । 

गएको वर्ष सन् २०१९ मा इरफान खान लन्डनमा उपचार गराएर फर्किएपछि कोकिलाबेन अस्पतालका डाक्टरको रेखदेखमा रहेका थिए । ५४ वर्षीय इरफान न्युरोएन्डोक्राइन ट्युमरबाट पीडित छन् । उनी विदेशमा यो बिमारीको उपचार गराइरहेका थिए र भर्खरै मुम्बई फर्किएका थिए ।  

फिल्म ‘अङ्ग्रेजी मिडियम’ का क्रममा उनको स्वास्थ्य स्थिति बिग्रिएको बताइन्छ । यस कारण कैयौँ पटक सुटिङ नै रोकिएको थियो । जब इरफान खान राम्रो भएको महसुस गर्थे तब सुटिङ हुन्थ्यो । भर्खरै मात्र इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो । 

लकडाउनका कारण इरफान खान आफ्नी आमाको अन्तिम संस्कारमा सहभागी समेत हुन पाएनन् । उनले भिडियो कलमार्फत उपस्थिति जनाएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि