जेठ ०३, २०८१, बिहीबार
               

चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन खुला

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

केशाव भट्टराईको निधनपछि रिक्त रहेको चलचित्र विकास बोर्ड अध्यक्ष पदको लागि आवेदन माग गरिएको छ । मंगलवार एक सुचना जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्ष नियुक्तिका लागि आवेदन मागेको हो ।

आवेदन दिँदा बोर्डको वर्तमान अवस्था, सवल तथा कमजोर पक्ष र भावी रणनीतिहरु बुँदागत रुपमा पेश गर्नु पर्ने उल्लेख गरिएको छ । उम्मेदवारको व्यावसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा नयाँ अध्यक्ष चयन गरिने सुचनामा लेखिएको छ ।

बोर्ड अध्यक्ष हुनका लागि ३० वर्ष पुरा भएर ६५ वर्ष ननाघेको नागरिक हुनुपर्ने छ । कुनै पनि बिषयमा स्नातक पास गरेका र चलचित्र क्षेत्रमा १० बर्ष विताएका व्यक्तिले आवेदन दिन सक्नेछन् । प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेर चलचित्र क्षेत्रमा २० बर्ष बिताएका व्यक्तिले पनि आवेदन दिन सक्नेछन् ।

तर, विकास बोर्डमा सधै राजनैतीक चलखेलबाट अध्यक्षको चयन गर्ने गरिन्छ । त्यो आरोप यसअघिका विभिन्न अध्यक्षहरुले खेप्दै आएका हुन् । यस पटक पनि कतै राजनैतिक चलखेल त हुने होइन् ? यो धेरैको मनमा उठेको प्रश्न हुन सक्छ ।

अध्यक्ष बन्ने दौडमा अहिले दयाराम दाहाल र भुवन केसीको नाम अगाडि आइरहेको छ ।

यो पनि