बैशाख २८, २०८१, शुक्रबार
               

नकरात्मक समचारबाट दिक्क छिन् स्वस्तिमा

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

लकडाउनका कारण एक महिनादेखि घरमा थुनिएर बसेकी छिन्, नायिका स्वस्तिमा खड्का । सामाजिक संजालमा निकै सक्रिय स्वस्तिमा अहिले भने फेसबुक हेर्दा हेर्दा दिक्क भइसकेकी छिन् । 

फेसबुकमा नेगेटिभ समचारले उनलाई दिक्क बनाएको हो । फेसबुकमा कोरोनाको विषयमा आएका भ्रमक समचारले पनि उनलाई वाक्क बनाएको हो । 

उनी अपवाह फैलाउने समचार भन्दा पनि अहिलेको समय हौसला दिने समचार हुनुपर्ने बताउँछिन् । सुचनाहरु दिदाँ पनि नकरात्मक पक्षबाट नभएर सकरात्मक पक्षबाट प्रवाह गर्नुपर्ने उनको भनाई छ । 

स्वस्तिमाले भनिन्, ‘यति मरे भन्दा पनि यति निको भए भन्ने खालको समचार भए मान्छे हत्तोसाहित हुने थिएन होला । अहिले त मान्छे डरले नै बिरामी पर्ने भयो ।’ 

स्वस्तिमा अहिले श्रीमान निश्चल बस्नेतसँग घरमा बस्दै आएकी छिन् । उनको दिनचर्या चलचित्र हेरेर नै बितिरहेको छ । स्वस्तिमाले अहिले आफ्नो कामलाई निकै याद गरिरहेकी छिन् ।

यो पनि