जेठ ०२, २०८१, बुधबार
               

हलमा असफल भएको 'लभ डायरिज'लाई युट्युबमा रुचाइयो

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

कोरोना भाइरसका कारण कारण नेपाल लकडाउनमा छ । सबै मानिसहरु घरमा थुनिएर बसेका छन् । सोही दर्शकलाई लक्षित गर्दै विभिन्न नयाँ चलचित्रहरु युट्युबमा रिलिज भइरहेका छन् ।

गत फागुनमा रिलिज भएको चलचित्र ‘लभ डायरीज’ पनि युट्युबमा रिलिज भइसकेको छ । हलमा रिलिज भएको २ महिना नबित्दै चलचित्रलाई युट्युबमा रिलिज गरिएको हो । 

चलचित्रलाई दर्शकले रुचाएका छन् । रिलिज भएको दुई दिनमै युट्युब ट्रेण्डिङको शिर्ष स्थानमा उक्लिएको यस चलचित्रले १६ लाख दर्शक पाएको छ । चलचित्रलाई दर्शक प्रतिकृया पनि निकै राम्रो मिलेको छ । 

निर्देशक सौरभ चौधरी र नव-नायिका रुविना थापाको कामलाई दर्शकले प्रशंसा गरेका छन् । मुख्य अभिनेता सुशिल श्रेष्ठको लुक्स र अभिनयले पनि दर्शकको मन जितेको छ । चलचित्रमा विश्वजित रिमालको पनि मुख्य भूमिका छ ।

 


कस्तो लाग्यो ?

यो पनि