जेठ ०२, २०८१, बुधबार
               

दयाहाङ भन्छन्- बलिउडका कालाकारको दाजोमा हामी सहयोग गर्न सक्दैनौँ’

नेपाल फ्ल्यास
बैशाख १२, २०७७

ADVERTISEMENT

विश्वभर फैलिएको कोरोनाको संक्रमण नेपालमा पनि देखिसकेको छ । भलै मान्छे नमरे पनि कोरोना त्रास सबैमा छ । 

नेपाल सरकारले पनि कोरोनाबाट सुरक्षित रहनको लागि लकडाउन छ । विगत १ महिनादेखिको लकडाउनले गर्दा दैनिक काम गरेर गुजारा चलाउने मजदुरहरु भने समस्यामा परेका छन् ।

त्यस्तै चलचित्रजन्य क्रियाकलापहरु रोकिदा चलचित्रमा काम गरेर पर्ट पाल्ने प्राविधिकहरुको अवस्था पनि नाजुक बनिरहेको छ । प्राविधिकहरुको लागि विभिन्न कलाकारहरुले सहयोग गरिरहेका छन् । 

कतिपय कलाकार भने सहयोगको मामिलामा चुप बसेका छन् । बलिउडका कलाकारहरुले करोडौं करोड सहयोग गरिरहँदा नेपाली कलाकारमाथि पनि दर्शक तथा शुभचिन्तकहरुले प्रश्न उठाइरहेका छन् ।

अभिनेता दयाहाङ राई बलिउडका कालाकारले गरेको सहयोग हेरेर नेपाली कलाकारलाई प्रश्न गर्नु गलत भएको तर्क गर्छन् । हाम्रो अवस्था बलिउडका कलाकारको जस्तो भइनसकेकाले उनीहरुको दाजोमा सहयोगको अपेक्षा गर्न नमिल्ने उनको भनाई छ । उनले भने, ‘बलिउडका कालाकार कलाकार मात्र होइनन्, उनीहरु आफैँमा प्रोडक्सन हाउस पनि हुन् । उनीहरुको बजार पनि त्यहीँ अनुरुपको छ । त्यसैले हामीले बलिउडको लेभलमा सहयोग गर्नै सक्दैनौँ ।’ 

आफू पनि काम गरेर खाने वर्गमा पर्ने बताउँदै अहिले नै अरुलाई सहयोग गरिहाल्न सक्ने अवस्था नरहेको दयाहाङको भनाई छ । काम तत्काल सुरु नभए आफ्नो अवस्था कस्तो रहन्छ त्यो बुझेर मात्र सहयोग गर्नुपर्ने दयाहाङले बताए ।


कस्तो लाग्यो ?

यो पनि