बैशाख २२, २०८१, शनिबार
               

सलमानले बरुणलाई दिएका थिए थप्पड हान्ने धम्की

नेपाल फ्ल्यास
बैशाख १२, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता बरुण धवनले आफ्नो ३३औं जन्मदिन मनाएका छन् । चलचित्र ‘स्टुडेन्ट अफ दि इअर’बाट बलिउडमा डेब्यु गरेका बरुणले धेरै सफल चलचित्रमा काम गरिसकेका छन् । बरुणको नाम उच्च स्थानमा छ । 

यस्तैमा, बरुण र सलमान खानको एउटा रमाइलो किस्सा सार्वजनिक भएको छ । बरुण चलचित्र क्षेत्रमा आउनु भन्दा पहिला नै उनले सलमानको गाली भेटेका थिए ।

बलिउडमा सलमानलाई ‘भाईजान’को नामले सम्बोधन गर्ने गरिन्छ । एक कार्यक्रममा भेट भएका बरुणले सलमानलाई ‘अंकल’ भनेर सम्बोधन गरे । जुन सलमानलाई मन परेन । 

आफूलाई अंकल भनेपछि सलमान रिसाएका थिए । उनले बरुणलाई अब देखि अंकल भने थप्पड हान्ने धम्की समेत दिएका थिए । त्यस पश्चात् बरुणले सलमानलाई ‘भाईजान’ नै भनेर बोलाउने गर्छन् । सलमान र बरुणको सम्बन्ध अहिले राम्रो छ ।

यो पनि