बैशाख १५, २०८१, शनिबार
               

सबै कुरा भुलेर नाचौँ - पूजा शर्मा

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

अभिनेत्री पूजा शर्मा अहिले विवादित बनिरहेकी छिन् । नायिका सुष्मा कार्कीसँगको विवादले उनलाई चर्चामा ल्याएको छ । 

यस विषयमा पूजाले भने केही प्रतिकृया दिएकी छैनन् । उनी अहिलेसम्म चुप नै छिन् । पूजाको फ्यान र सुष्मा बीच ‘वार’ चलेको छ ।

यस्तैमा, पूजाले सामाजिक संजालमा आफू नाचिरहेको फोटो पोष्ट गरेकी छिन् । तस्वीर पोष्ट गर्दै उनले सबै कुरा बर्सिएर आफूसँग नाच्न शुभचिन्तकहरुलाई अपिल गरेकी छिन् । 

पूजाले यो विवादलाई टुङ्ग्याएर नाच्न र खुसी हुन आग्रह गरेकी छिन् । पूजाले सामाजिक संजालमा यस्तो स्टाटस लेख्दै सार्वजनिक गरेको तस्वीर चलचित्र ‘सम्हालिन्छ कहिले मन’को हो । 

यस चलचित्रको रिलिज मिति यो वर्षको तीजलाई तोकिएको छ । तर, यो मितिमा सिनेमा रिलिज हुने सम्भावना कम छ ।


कस्तो लाग्यो ?

यो पनि