बैशाख १६, २०८१, आइतबार
               

पूजा र सुष्माको विवाद: सुष्मामा खनिएका पूजाको फ्यान

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

अहिले सामाजिक संजालमा नायिका पूजा शर्मा र नायिका सुष्मा कार्कीको विवाद खुबै चर्चामा छ । नायिका सुष्मा कार्कीले एक अन्तरवार्तामा आफूलाई पूजा शर्मा मन नपर्ने भनेर दिएको अभिव्यक्तिका कारण उनीहरु बीच विवाद सुरु भएको हो । 

नायिका सुष्माको उक्त अन्तरवार्ता पुरानो हो । झण्डै २ वर्ष अगाडि दिएको अन्तरवर्तालाई लिएर अहिले पूजाको फ्यानले विवाद सुरु गरेका हुन् । टिकटक तथा सामाजिक संजालमा पूजाको फ्यानले सुष्मालाई निकै गाली गरे ।

उक्त गाली पछि सुष्माले आफूहरु बीच कुनै दुश्मनी नभएको र आफूहरु दिदी-बहिनी भएको प्रतिकृया दिइन् । तर, विवाद यति मै रोकिएन । 

केही दिन अगाडि सुष्माले एक टिभी शोमा अन्तरवार्ता दिइन् । जहाँ पूजाले फेक फ्यान पेज बनाएर आफूलाई गाली गरेको आरोप लगाइन् । उनले भनिन्, ‘पूजाले धेरै फेक आइडी बनाएर गाली गरेको पाए । मैले सबै प्रमाण पुलिसलाई बुझाइसकेको छु ।’

सुष्माको यो अन्तरवार्ता पछि पूजाले पनि विभिन्न स्टाटस लेखेर सुष्मालाई प्रहार गरिरहेकी छिन् । यता पूजाको फ्यानहरु पनि भिडियो बनाएर सामाजिक संजालमा सुष्मा विरुद्द खनिएका छन् । 

पूजा र सुष्माको दुश्मनी नयाँ होइन । उनीहरु धेरै अगाडि देखि एक-अर्कासँग मिल्दैनन् । 

यो पनि