जेठ ०२, २०८१, बुधबार
               

टाइगरको वास्तविक 'टाइगर' नै हो त !

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

बलिउडमा टाइगर श्राफले आफ्नो छुट्टै पहिचान बनाएका छन् । एक्सन र नृत्यमा उनको नाम उच्च छ । पछिल्लो समय सफल चलचित्र दिएकाले नि टाइगरले धेरै शुभचिन्तक कमाएका छन् ।

तर, टाइगरको नामबाट चिनिएका उनको वास्तविक नाम टाइगर नै होला त ? यो धेरैको मनमा उब्जिएको प्रश्न हुन सक्छ । उनको वास्तविक नाम टाइगर भने पक्कै होइन ।

उनको वास्तविक नाम जय हेमन श्राफ हो । ज्याक्की श्राफका छोरा उनको जन्म नाम नै जय हो । उनको शैक्षिक प्रमाणपत्रमा पनि नाम जय हेमन नै छ ।

तर, जब बलिउडमा प्रवेश गर्न खोजे उनले आफ्नो नाम परिवर्तन गरेका हुन् । परिवारले माया गरेर सानो उमेर देखि नै टाइगर भन्ने भएकाले उनले आफ्नो नाम नै टाइगर राखेका हुन् । त्यहीँ नाम उनको लागि लक्की बन्यो र चर्चित बन्यो ।


कस्तो लाग्यो ?

यो पनि