जेठ ०२, २०८१, बुधबार
               

विपन्न परिवारलाई आँचलको सहयोग

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

हालै बैवाहिक जीवनमा बाँधिएकी नायिका आँचल शर्मा निकै विवादित बनेकी थिइन् । विवाहमा लगाएको महंगो लेहेङ्गा र गर-गहनाका कारण उनी धेरै विवादित बनेकी थिइन् । 

उक्त खर्च पछि फाल्तु खर्च नगरेर समाज सेवाको काम गर्न उनलाई धेरैले सुझाब दिइरहेका थिए । अहिले आँचलले समाज सेवाको लागि पनि हात अगाडि बढाएकी छिन् ।

आँचल र उनको श्रीमान उदीप श्रेष्ठले एक सय विपन्न परिवारलाई सहयोग गरेका छन् । लकडाउनका कारण समस्यामा परेका परिवारलाई आँचल र उदीपले रहत वितरण गरेका हुन् ।

आँचलले क्षेत्रपाटी क्षेत्रमा बसोबास गर्ने मजदुर परिवारलाई सहयोग गरेको बताइन् । आपतको समयमा सकेको सहयोग गर्नुपर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गरेको उनको भनाई छ ।
 


कस्तो लाग्यो ?

यो पनि