जेठ ०२, २०८१, बुधबार
               

'नाई नभन्नु ल ६'मा वर्षा !

नेपाल फ्ल्यास
बैशाख ०७, २०७७

ADVERTISEMENT

निर्देशक विकासराज आचार्य यतिबेला चलचित्र ‘नाई नभन्नु ल-६’को तयारीमा जुटिरहेका छन् । लकडाउनको सदुपयोग गर्दै विकासराज चलचित्रको स्क्रिप्ट फाइनल गर्न लागिपरेका छन् ।

निर्देशक आचार्यले चलचित्रको लागि केही कलाकारहरु छनोट गरिसकेका छन् । जसमा सलोन बस्नेत, अनुभव रेग्मी, सेड्रिना शर्मा लगायत पक्का छन् ।

निर्माण पक्षले चलचित्रको मुख्य भूमिकाका लागि नायिका वर्षा राउतलाई प्रस्ताव गरेको छ । वर्षाले चलचित्रमा काम गर्ने वचन पनि दिएकी छिन् । तर, निर्माणपक्षले कोही पनि कलाकारसँग लिखित सम्झौता भने गरेको छैन । 

वर्षा अहिले चलचित्र ‘२ नम्बरी’ र ‘के घर के डेरा’मा अनुबन्धित भइसकेकी छिन् । ‘२ नम्बरी’को केही प्रतिशत छायांकन सकिसकेको छ भने के घर के डेराको छायांकन सुरु भएको छैन ।

यी दुई चलचित्रको छायांकन सकिएपछि वर्षाले ‘नाई नभन्नु ल-६’को लागि समय दिनेछिन् ।


कस्तो लाग्यो ?

यो पनि