जेठ ०२, २०८१, बुधबार
               

नेहा र आदित्यको विवाहको सन्दर्भ टीआरपीका लागिमात्रै !

एजेन्सी
बैशाख ०६, २०७७

ADVERTISEMENT

युवा गायिका गायिका नेहा कक्कड तथा गायक आदित्यनारायणको विवाहको विवाह हुने कुरा भारतीय सञ्चारमाध्यममा केही समयअघि छाएको थियो ।

उनीहरूले इन्डियन स्टारको मञ्चमा आदित्यका बुबा लोकप्रिय गायक उदितनारायण झाकै अगाडि विवाहको घोषणा गरेका थिए । नेहा त्यो कार्यक्रमको जज हुन भने आदित्य सञ्चालक । तर एकाएक उनीहरूको विवाहको सन्दर्भ हराउन थालेको छ ।

दुवै जनाले त्यो सबै टेलिभिजन शोको दर्शक अर्थात् टीआरपी बढाउनका लागि मात्र गरेको बताएका छन् । आदित्य नेहासँगको उनको सम्बन्धको बारेमा बोलेका छन् । नेहासँग काम गर्ने बारेमा आदित्यले भने, 'नेहालाई भर्खरै रिलिज गरिएको मेरो भिडियोमा लगिनँ । किनकि त्यो एकल गीत थियो ।'

आदित्यले नेहा लोकप्रिय भएका कारण पनि अफर गर्न नसकेको बताएका छन् । आदित्यले भने, 'अर्को कुरा यो हो कि म नेहालाई अफर गर्न सक्दिन, किनकि उनी अहिले देशको शीर्ष गायिकामा पर्छिन् ।' उनले आफ्नो च्यानलले राम्रो प्रदर्शन गर्न थालेपछि नेहासँग काम गर्ने बताएका छन् । उनी भन्छन्- 'मलाई थाहा छ उनी मसँग काम गर्दा खुसी हुनेछिन् ।'

आदित्यलाई नेहासँगको सम्बन्धको बारे शाहरुक र काजोलसँग जोडेर उदाहरण पनि दिएका छन् । उनले भने- 'हामी दुवै जना सङ्गीत उद्योगका यस्ता व्यक्ति हौँ, बलिउडमा शाहरुक र काजोल जस्तै ।'

त्यसअघि आदित्यले आफ्नो विवाहबारे भनेका थिए- 'यदि मैले आफ्नो जीवनको ठुलो निर्णय लिए भने म आफैँ घोषणा गर्नेछु । विवाह मेरो लागि ठुलो निर्णय हो । म यसलाई लुकाउने छैन ।' उनका यी भनाइलाई धेरैले नेहासँग जोडेर हेरेका थिए ।

तर पछि उनीहरूले रियालिटी सो नाटकमात्रै भएको बताएका थिए । आदित्यले भनेका थिए, 'धेरै दिनदेखि सोसल मिडियामा जे आइरहेको छ । त्यो गलत हो । कुनै मिडिया सत्य थाहा थिएन । त्यो सबै केवल एक रियालिटी शोको टीआरपीको लागि गरिएको थियो । हामीले शोका निर्माताहरूको आग्रह अनुसार ठट्टा गरेका थियौँ ।'

 

यो पनि