जेठ ०२, २०८१, बुधबार
               

करिश्माले गरिन् छिमेकीलाई खाद्यान्न सहयोग

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

अभिनेत्री करिश्मा मानन्धर केही समय अगाडि विवादित बनिन । उनले दिएको एक अभिव्यक्तिका कारण उनी विवादित बनेकी थिइन् । 
उनले कलाकार हुँदैमा हरेक समस्यामा सहयोग गर्न नसक्ने भन्दै रिस पोखेकी थिइन् । जुन कुराले करिश्मालाई निकै असर गरेको थियो । 

अहिले उनै करिश्मा सहयोगमा जुटेकी छिन् । आफ्नो घर वरीपरी भाडामा बस्ने सम्पूर्णलाई उनले खाद्यन्न सहयोग गरेकी छिन् । 

सामाजिक संजालमा स्टाटस लेख्दै केही समस्या भएको खण्डमा गोदावरी भिलेज स्टूडियो अर्थात मानन्धर निवासमा सम्पर्क गर्न अनुरोध समेत गरेकी छिन् ।

करिश्माको यो अनुरोध आएपछि केही मानिसहरु उनको घरसम्म पुगेका छन् । आफ्नो घरमा आएका सम्पूर्णलाई करिश्माले केही सहयोग गरेकी छिन् । करिश्माका अनुसार स्टाटस हेरेर सातदोबाटोबाट गोदावरीसम्म हिडेर सहयोग लिन आइपुगेका छन् ।

करिश्माले सबैलाई आफ्नो नजिकका परिवार, छिमेकीहरुलाई सहयोग गर्न पनि अपिल गरेकी छिन् ।

यो पनि