बैशाख २३, २०८१, आइतबार
               

पर्दामा पुन: रणवीर र आलिया

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

बलिउड नायक रणवीर सिंह र नायिका आलिया भट्टले चलचित्र ‘गल्ली ब्वाई’मा एकसाथ काम गरेका थिए । दुबैले यस चलचिबाट राम्रो तरिफ पाए । तारिफसँगै अवार्ड पनि हात परेका थिए । 

अब सोही जोडी पुन: पर्दामा प्रस्तुत हुने भएको छ । बलिउडका सफल निर्देशक संजयलीला भन्सालीले निर्देशन गर्ने चलचित्र ‘बैजु बावरा’मा उनीहरु एकसाथ काम गर्न लागेका हुन् । चलचित्रको लागि दुबैले सम्झौता गरिसकेका छन् ।

लकडाउनका कारण अहिले सम्पूर्ण चलचित्रको रिलिज तथा छायांकन पनि रोकिएको छ । भन्साली पनि ‘गंगुबाई काठियावाडी’को छायांकनको तयारीमा थिए । चलचित्रको लागि सेट तयार भइसकेको थियो । तर, यस चलचित्रको छायांकन सुरु हुन सकेन । 

गंगुबाईमा पनि आलिया मुख्य भूमिकामा प्रस्तुत हुदैँछिन् । रणवीरसँग त भन्सालीले धेरै सफल चलचित्रमा सहकार्य गरिसकेका छन् । 

लकडाउनपछि भन्सालीले चलचित्र ‘गंगुबाई’को छायांकन सुरु गर्नेछन् । गंगुबाई सकिएपछि मात्र ‘बैजु बावरा’को छायांकन सुरु गर्ने बुझिएको छ ।

यो पनि