बैशाख २३, २०८१, आइतबार
               

पललाई याद आयो सुटिङका दिनहरु

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

लकडाउनका कारण अहिले सबै चलचित्रको छायांकन रोकिएको छ । ‘ए मेरो हजुर ४’, ‘परदेशी २’, ‘२ नम्बरी’ लगायतका चलचित्र छायांकनको क्रममा थिए । तर, कोरोनाको त्रासका कारण यी सम्पूर्ण चलचित्रको छायांकन रोकिएको छ । 

'२ नम्बरी'का नायक पल शाहले भने छायांकनलाई निकै याद गरेका छन् । चलचित्रको छायांकनको क्रममा खिचिएको फोटो सामाजिक संजालमा पोष्ट गर्दै उनले आफूलाई छायांकन मिस भइरहेको लेखेका छन् । 

दीपेन्द्र लामा निर्देशित यस चलचित्रमा पलले नायिका वर्षा राउतसँग जोडी बाँधेका छन् । उनले पोष्ट गरेको तस्वीरमा नायिका वर्षालाई पनि देख्न सकिन्छ । चलचित्रमा दयाहाङ राई र भुटानी नायिका उगेद छोदेनको पनि मुख्य भूमिका रहेको छ ।

अहिले पल निकै चर्चामा छन् । लकडाउनका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरुलाई पाँच लाख बराबरको खाद्यान्न सहयोग गरेपछि उनको धेरैले तारिफ गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि