जेठ ०२, २०८१, बुधबार
               

आमासँग खेत खन्दै आर्यन

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

लकडाउनका कारण अहिले सम्पूर्ण कलाकारहरु बेरोजगार बनेका छन् । उनीहरु घरमा नै थुनिएर बस्नुको विकल्प पनि छैन । केही गाउँ फर्किएका छन् भने केही काठमाडौंमा नै थुनिएका छन् । केही सेलिब्रेटीहरु भने अहिले भान्सा छिरेका छन् ।

नायक आर्यन सिग्देल भने आफ्नो जन्मघर थानकोट पुगेका छन् । आफ्नो माता-पिताको साथमा उनी थानकोटमा बसेर लकडाउनका दिनहरु बिताइरहेका छन् । 

यस्तैमा, आर्यनले सामाजिक संजालमा एउटा फोटो पोष्ट गरेका छन् । जहाँ उनी कुटो बोकेर बारी खनिरहेको देख्न सकिन्छ । उनले क्याप्सनमा आफ्नो आमासँग बारीमा काम गर्दा निकै रमाइलो भइरहेको उल्लेख गरेका छन् । 

आर्यनले आफ्ना शुभचिन्तकहरुलाई घरबाट बाहिर ननिस्किन पनि आग्रह गरेका छन् । उनले लेखेका छन्– ‘आफूलाई मन लागेको कुरा गर्नुहोस् । तर, घर बाहिर ननिस्कनुहोला ।’


कस्तो लाग्यो ?

यो पनि