जेठ ०२, २०८१, बुधबार
               

भोजपुरीमा शिल्पाको डेब्यु, कस्तो होला यात्रा ?

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

नायिका शिल्पा पोखरेलको नेपाली चलचित्र क्षेत्रको यात्रा खासै सुखद बन्न सकेको छैन । उनी चलचित्रको कारण भन्दा पनि अन्य विभिन्न फण्डाबाट चर्चामा आइरहेकी हुन्छिन् ।

छवि ओझाको निर्माणमा तयार भएको चलचित्र ‘लज्जा’बाट चलचित्र क्षेत्रमा पाइला टेकेकी शिल्पालाई सुरुवाती चलचित्रबाट भने सफलता नै मिलेको थियो । चलचित्र ‘हवलदार सुन्तली’मा एक्सन भूमिकामा प्रस्तुत भएकी शिल्पालाई धेरैले दोस्रो रेखा भन्ने गर्थे । 

तर, पछिल्लो समय उनी अभिनित चलचित्रले बजार लिन सकेको छैन । बरु, उनी छवि ओझासँगको डिभोर्स काण्डले निकै चर्चामा रहिन् । 
उनै शिल्पाले भोजपूरी चलचित्रमा डेब्यु गरेकी छिन् ।

उनले ‘जय शम्भू’ नामक चलचित्रबाट भोजपूरीमा डेब्यु गर्न लागेकी हुन् । चलचित्रमा उनी प्रदीप पाण्डे ‘चिन्टु’को जोडीका रुपमा प्रस्तुत भएकी छिन् । 

नेपाली चलचित्र क्षेत्रमा खासै सुखद यात्रा तय गर्न नसकेकी शिल्पाको भोजपुरी यात्रा कस्तो होला त ? प्रतिक्षाको विषय बनेको छ । 


कस्तो लाग्यो ?

यो पनि