बैशाख २५, २०८१, मंगलबार
               

सन्नी लियोनी अभिनित नेपाली फिल्म ‘पासवर्ड’ : हलमा फ्लप, युट्युबमा हिट

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

७ महिना अगाडि हलमा रिलिज भएको चलचित्र ‘पासवर्ड’ नयाँ वर्षको अवसर पारेर युट्युबमा रिलिज भएको छ । हलमा दर्शकको खडेरी नै लागेको यस चलचित्रलाई युट्युबमा भने दर्शक मिलेको छ । 

युट्युबमा रिलिज भएको २४ घण्टा नबित्दै चलचित्र ट्रेण्डिङको नम्बर १ मा उक्लिनुले पनि चलचित्रलाई दर्शको साथ मिलेको प्रष्ट हुन्छ । चलचित्रले २४ घण्टामा झण्डै ८ लाख भ्युज पाएको छ । चलचित्रमा आएका प्रतिकृया भने मिश्रित छन् । 

रिलिजको समयमा यस चलचित्रको निकै चर्चा भएको थियो । चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनी पनि जोडिएकाले चलचसत्रको चर्चा चुलिएको थियो । 

अझ, रेड कार्पेट प्रिमियरको लागि सन्नी नेपाल नै आएपछि झनै चर्चा थपियो । यस चलचित्रमा सन्नीले आइटम नृत्य गरेकी थिइन् । 

तर, रिलिजपछि यस चलचित्रले हलमा पानी समेत भन्न पाएन । रिलिज अघिको चर्चा र तामझामले चलचित्रको व्यापारमा अर्थ राखेन । यस चलचित्रबाट निर्माताले ठुलो घाटा बेहोर्नु पर्‍यो ।

सम्राट शाक्यको निर्देशनमा बनेको यस चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तमाङ, रविन्द्र झा लगायतको अभिनय रहेको छ । चलचित्रमा अमित बस्नेत र हिराल जोशीको लगानी रहेको छ ।

यो पनि