बैशाख २५, २०८१, मंगलबार
               

नयाँ वर्षमा 'खैला-बैला' घोषणा

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

चलचित्र ‘नाइके’ निर्देशन गरेर असफता खेपेका निर्देशक नेत्र गुरुङ पुन चलचित्र निर्देशनको लागि सुरिएका छन् । उनको निर्देशनमा चलचित्र ‘खैला-बैला’ निर्माण हुने भएको छ । 

नयाँ वर्ष २०७७ को अवसर पारेर निर्देशक गुरुङले नै फेसबुकबाट चलचित्रको निर्माण घोषणा गरेका हुन् । नयाँ वर्षको शुभकामना दिदैँ खैला-बैला बन्न लागेको उनले फेसबुकमा पोष्ट गरेका छन् ।

चलचित्रको लागि अहिलेसम्म कोही कलाकार पक्का भएका छैनन् । अडिसन गरेर नै चलचित्रमा कलाकारहरु छानिने निर्देशक गुरुङको भनाई छ । उनका अनुसार चलचित्रमा नयाँ तथा पुराना पुस्ताका कलाकारहरु देखिनेछन् । 

चलचित्रका लागि प्राविधिकहरु पनि पुर्ण रुपमा पक्का भइसकेका छैनन् । कलाकार र प्राविधिकको छनोटपछि चलचित्रको औपचारिक निर्माण घोषणा गरिने छ ।

निर्देशक गुरुङकै कथा तथा पटकथा रहने यस चलचित्र ‘नेत्र इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण हुनेछ । अहिले निर्देशक गुरुङ चलचित्र लेखनमा व्यस्त छन् ।

यो पनि