एजेन्सी । अभिनेत्री अदा शर्माले आफ्ना फ्यानहरुलाई घरमै मास्क बनाउन सिकाएकी छिन् ।
बलिउड सेलिब्रेटी अदाले पुरानो कपडाको होइन कि, पुरानो मोजाको मास्क बनाउन सिकाएकी हुन् ।
अदाले हालै सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेकी छिन् ।
भिडियोमा उनले मोजाको मास्क बनाउन मात्र सिकाएकी छैनिन्, मास्क बनाएर स्वयं उनले प्रयोग पनि गरेकी छिन् ।
उनले भिडियोमा भनेकी छिन्, 'म मेरा सात इमेजनरी (काल्पनिक) ब्वायफ्रेण्ड्सको लागि पनि यस्तो मास्क तयार गर्दैछु ।'
एक मिनेटभित्र बिना कुनै झण्झट, बिना सिलाईको मास्क बनाउन सकिने उनले बताएकी छिन् ।
भिडियो शेयर गर्दै उनले लेखेकी छिन्, 'बिना मास्क घरबाहिर ननिस्कनु । मास्क छैन भने घरमै बनाउनुहोला ।'
'कमाण्डो३' की अभिनेत्री अदा सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । उनले आफ्ना फोटो तथा भिडियो शेयर गरिरहेकी हुन्छिन् ।