बैशाख २२, २०८१, शनिबार
               

सलमानको 'राधे' रिलिजमा अन्योल

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

चलचित्र रिलिजको लागि इद अभिनेता सलमान खानको प्यारो मिति हो । हरेक इदमा सलमानले नयाँ चलचित्र रिलिज गर्ने गर्छन् । यस वर्षको इदमा पनि सलमानले चलचित्र ‘राधे- योर मस्ट वान्टेड भाइ’ रिलिज गर्ने तयारीमा थिए । 

तर, कोरोनाका कारण सम्पूर्ण चलचित्रको रिलिज तितर वितर भएको छ । त्यसैले यस वर्षको इदमा सलमानको राधे रिलिज नहुन सक्छ । 

राधेको छायांकन पनि पूरा भएको छैन । लण्डनमा खिच्नुपर्ने दृष्यहरु अझै खिचिएको छैन । कोरोनाको कारण चलचित्रको छायांकन पनि रोकिएको छ । यसो हुदाँ राधे इदमा रिलिज हुने कुरामा शंका नै गर्न सकिन्छ । 

राधे सलमानको प्रतिक्षित चलचित्र हो । प्रभु देवा निर्देशित यस चलचित्रमा सलमानले दिशा पटनीसँग स्कृन सेयर गरेका छन् । एक्सन जनरामा निर्माण हुने यस चलचित्रमा सलमान विल्कुलै भिन्न अवतारमा प्रस्तुत हुन लागेको बताइएको छ ।

अहिले सलमान पूर्ण रुपमा कोरोना प्रभावितलाई सहोग गर्नमा व्यस्त छन् । क्वारेन्टाइनमा नै बस्दै आएका उनले धेरै मजदुरको बैंक खातामा ३ हजारका दरले पैसा हालिदिएका छन् । चलचित्र राधेसँग जोडिएका प्राविधिकलाई पनि सलमानले सहयोग गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि