जेठ ०३, २०८१, बिहीबार
               

वेव सिरिज ‘सिमलु’ बन्ने

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

म्युजिक भिडियो निर्देशक शान थापा वेव सिरिजको निर्देशनको तयारीमा लागेका छन् । शानको निर्देशनमा ‘सिमलु’ नामक वोव सिरिज तयार हुदैँछ । लभ स्टोरी, थ्रिलर तथा सस्पेन्स जनरामा निर्माण हुने यस सिरिजलाई शान आफैँले लेखेका हुन् ।

‘टैवा मुभिज’को व्यानरमा निर्माण हुने यस वेव सिरिजमा संजोग बस्याल कार्यकारी निर्माताको रुपमा रहेका छन् । विजय बस्याल एसोशियट निर्माता रहेको वेव सिरिजका सह-निर्माता मनोज जोशी हुन् ।

राजिव समर एसोशिएट निर्देशन रहेको वेव सिरिजमा डिपि खनालको पटकथा, दीपक आचार्य र संजोग बस्यालको संवाद, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा विजय बस्यालले भिएफएक्स र एनिमेशन रहने छ । 

डिपि खानाल, लेखु सहयात्री तथा निर्देशक थापाले लेख्ने यस वेव सिरिजका गीतहरुमा हरी लम्साल र सन्तोष सुनारले स्गीत दिनेछन् । गीतमा प्रमोद खरेल, सुमन केसी, समिर आचार्य, मेलिना राई, प्रविशा अधिकारी, प्रताप दास, आशिष सचिन लगायतले स्वर दिने पक्का भएको छ ।

वेव सिरिजको लागि अहिले कोही पनि कलाकारको टुंगो लागेको छैन । केही समयमा नै कलाकारको टुंगो लाग्ने र लकडाउन सकिए लगत्तै छायांकन सुरु गरिने निर्देशक थापाले बताए ।


कस्तो लाग्यो ?

यो पनि