जेठ ०३, २०८१, बिहीबार
               

सामाजिक संजालमा ट्रोल बनेपछि रीमाको यस्तो तर्क

नेपाल फ्ल्यास
चैत २९, २०७६

ADVERTISEMENT

सामाजिक संजालमा अभिनेत्री रीमा विश्वकर्मा चर्चामा छिन् । आफैँले दिएको एक अभिव्यक्तिले उनलाई चर्चामा ल्याएको हो । तर, चर्चा सकरात्मक भने होइन, उनलाई ट्रोल गरिएको छ । 

लकडाउनका कारण घरमा नै थुनिएकी रीमा केही दिन अगाडि फेसबुक लाइभमा आइन् । त्यहाँ उनले आफ्नो शुभचिन्तकहरुको प्रश्नको उत्तर दिइरहेकी थिइन् । एक फ्यानले प्रश्न गरे, ‘क्वारेन्टाइन बसाईमा के पकाउन सिक्नुभयो ?’

उत्तरमा रीमाले कालो चिया बनाउनको सिकेको बोलिन् । सोही कुराले रीमालाई फसाद परेको छ । उनी ट्रोलको सिकार बनेकी छिन् भने मिडियामा पनि अपाच्य कुरा बोलेको समचारहरु आइरहेका छन् ।

आफ्नो नकरात्मक चर्चा देखेपछि रीमाले फेसबुक स्टाटस नै लेख्नु पर्‍यो । उनले आफूले कालो चिया बनाउन सिकेको कुरालाई लिएर धेरै ट्रोल नगर्न आग्रह गर्दै स्टाटस लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘मैले कालो चिया बनाउन सिकेको हुँ, कालो बम होइन । कृपया यसलाई बम नबनाउनु होला ।’

चलचित्रबाट खासै चर्चा नपाएकी रीमा आफूले बोलेको अभिव्यक्तिका कारण अहिले निकै चर्चामा छिन् ।

यो पनि