जेठ ०३, २०८१, बिहीबार
               

विवादित बनेपछि सरोजले लेखे, ‘यो समय परिवारसँग बस्न उचित ठानेँ'

नेपाल फ्ल्यास
चैत २७, २०७६

ADVERTISEMENT

केही दिन अगाडि अभिनेता सरोज खानाल अमेरिका उडे । आमेरिकाले आफ्नो नागरिकलाई स्वदेश फर्काउन चार्टड गरेको विमान चडेर उनी अमेरिका पुगेका हुन् । 

सरोज अमेरिकी नागरिक हुन् । उनले त्यहाँको नागरिकता लिएका छन् । त्यसैले पनि उनी नेपाललाई बिर्सिएर अमेरिका उडेका थिए । 

सरोज अमेरिका उडेको कुराको धेरै आलोचना भयो । धेरैले उनलाई नकरात्मक प्रतिकृया दिए । तर, अमेरिका पुगेपछि सरोजले  यस्तो अवस्थामा आफ्नो परिवारसँग समय बिताउन उचित सम्झेर अमेरिका आएको बताएका छन् । 

सामाजिक संजालमा परिवार सहितको तस्विर पोष्ट गर्दै उनले लेखेका छन्, ‘जसले जे भने पनि यो समय परिवारसँग समय बिताउन उचित सम्झिएँ । जे पर्ला त्यही टर्ला ।’

सरोज केही समय अगाडि अमेरिकाको सम्पूर्ण सुखभोग त्यागेर नेपाल फर्किएको बताएका थिए । तर, आपतको समयमा उनी नेपाललाई बिर्सिएर अमेरिका उडेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि