जेठ ०३, २०८१, बिहीबार
               

लकडाउनमा प्रियंका र आयुष्मान: प्रेम साट्ने राम्रो मौका

नेपाल फ्ल्यास
चैत २७, २०७६

ADVERTISEMENT

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हालै विवाह बन्धनमा बाँधिएका थिए । फागुन १५ मा वैवाहिक जीवनमा बाँधिएका उनीहरुले हनिमुनको पनि योजना बनाउन भ्याएका थिएनन् । त्यहीँ समय कोरोनाको त्रासका कारण देश पूर्ण रुपमा लकडाउन भयो । 

अहिले नव-विवाहित प्रियंका र आयुष्मान भैसीपाटीमा निकेको नयाँ घरमा बस्दै आएका छन् । हालै मात्र उक्त घर सरेका उनीहरु त्यहीँ लकडाउन भएका छन् । 

नायिका प्रियंका कार्की आफ्नो लकडाउन खासै बोरिङ नभएको बताउँछिन् । साथमा आयुष्मान भएकाले पनि लकडाउन बोरिङ नभएको उनले बताइन् । 

उनले भनिन्, ‘समयलाई कसरी सदुपयोग गर्ने भन्ने तपाईको हातमा हुन्छ । मैले र आयुष्मानले यो समयलाई प्रेम गर्ने समयका रुपमा लिएका छौँ । त्यसैमा रमाएका छौँ ।’

क्वारेन्टाइन बसाईमा प्रियंका काम पनि गरिरहेकी छिन् । उनले तीन वटा प्रोजेक्टको स्कृप्टमा काम गरिरहेको बताइन् । उनले भनिन्, ‘एउटा जस्ट अनोदर लभ स्टोरीको स्कृप्ट लेखिरहेको छु । अर्को दुई प्रोजेक्ट विदेशी टिमसँगको सहकार्य हो । अहिले खुलाउन मिल्दैन ।’

प्रियंका र आयुष्मान आफैँ खाना पकाएर खाइरहेका छन् । कहिले आयुष्मान भान्सा छिर्छन्, कहिले प्रियंका । तर, दुबै जना ‘फूडी’ नभएकाले उनीहरु दिनमा एक पटक मात्र खाना खाइरहेका छन् । प्रियंका भन्छिन्, ‘हामीलाई एक पटक पकाएको खानाले दुई चोटीलाई पुग्छ । त्यसैगरी खाइरहेका छौँ ।’

यो पनि